सागर वि.क.(वैखरी अनलाईन) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले बुद्धभूमि नगरपालिका वडा नं.५ को वडा कमिटि बैठक सम्पन्न भएको छ । चितवनमा हुने एमालेको दशौ राष्ट्रिय महाधिवेशनलाई कसरी भव्य रुपमा सफल बनाउने भन्ने विषयमा गम्भिर छलफल गर्दै बैठक सम्पन्न भएको हो । वडाभित्र रहेका २ सय जना सक्रिय नेता कार्यकर्तालाई महाधिवेशनमा सहभागि गराउने विषयमा छलफल भएको वडा कमिटि अध्यक्ष रोम बहादुर थापाले जानकारी दिनुभयो ।
एमाले बुद्धभूमि नगर कमिटिद्धारा जारी सर्कुलर नं.१ अध्ययन गरि त्यसको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय भएको अध्यक्ष थापाले बताउनुभयो । उहाँले पार्टीलाई एकतावद्ध बनाउन दशौ राष्ट्रिय महाधिवेशन महत्वपूर्ण सावित हुने दाबी गर्नुभएको छ । ‘पार्टीलाई एकतावद्ध बनाउन दशौं राष्ट्रिय महाधिवेशन महत्वपूर्ण सावित हुन्छ, यसले पार्टीलाई बजबुद बनाउँछ,’ अध्यक्ष थापाले भन्नुभयो ।
बैठक सहभागिहरुले महाधिवेशनलाई भव्य रुपमा सफल पार्न सबैले विशेष भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बैठक नेकपा एमाले बुद्धभूमि नगरपालिका वडा नं.५ वडा कमिटि अध्यक्ष रोम बहादुर थापाको अध्यक्षता, नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा वडा नं.५ का ईन्चार्ज मिनराज बेल्वासेको प्रमुख आतिथ्यतामा र बुद्धभूमि नगर कमिटि अध्यक्ष देवी प्रसाद बेल्वासेको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो ।








