गृहपृष्ठ Featured गृहमन्त्री खाँण भन्छन्- मोतिपुर औद्योगिक क्षेत्रबाट कोही विस्थापित हुनु पर्दैन

गृहमन्त्री खाँण भन्छन्- मोतिपुर औद्योगिक क्षेत्रबाट कोही विस्थापित हुनु पर्दैन

प्रकाशित मिति:

बुटवल : गृहमन्त्री बालकृष्ण खाणले मोतिपुर औधौगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु नपर्ने बताएका छन् । आइतबार बुटवलको लायन्स आँखा अस्पतालको रजत जयन्ती समारोह उद्घाटन गर्दै उनले मोतिपुर औधौगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहेको तर त्यस क्षेत्रका स्थानियहरुलाई विस्थापित गर्ने पक्षमा नरहेको बताए ।

उनले स्थानीयलाई विस्थापित गर्नुको साटो मोतिपुर औद्यौगिक क्षेत्रलाई घटाएर निर्माण प्रारम्भ गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारी लाई निर्देशन दिए । औद्योगिक क्षेत्र बनाउने भनिएको दुई सय बिघा बढी जग्गा स्थानीयले जोतभोग गरेको क्षेत्र छ । त्यहां २ हजार बढी घरधुरी बसोबास गरिरहेका छन् ।

यसअघि एमाले नेतृत्वको सरकार हुंदा स्थानीयको मागलाई बेवास्ता गर्दै औद्योगिक क्षेत्र शिलान्यास गरेपछि झडप भएको थियो । स्थानीयले तत्कालीन अर्थमन्त्री विष्णु पौडेल र उद्योग मन्त्री लेखराज भट्टलगायतमाथि ढुंगामुढा गरेर कार्यक्रम बिथोलेका थिए ।

गृहमन्त्री गृहमन्त्री खाँणले नेकपा एमालेका नेता विष्णु पौडेल र प्रदेश सभाका एमालेकै सांसदहरु भोजप्रसाद श्रेष्ठ र लिला गिरीलाई लक्षित गर्दै प्रदेश राजधानीका विषयमा जनतालाई झुक्याएको आरोप लगाए ।

सम्बन्धित् समाचार