गृहपृष्ठ Featured कपिलवस्तुमा माओवादी केन्द्रले ७९ वडामा वडा कमिटी बनायो, १७ वडामा बाँकी

कपिलवस्तुमा माओवादी केन्द्रले ७९ वडामा वडा कमिटी बनायो, १७ वडामा बाँकी

शनिबार देशभरका वडामा वडा सम्मेलन गरेको नेकपा (माओवादी केन्द्र) ले कपिलवस्तुमा पनि भव्यताका साथ वडा सम्मेलन गरेको छ ।
१० पालिकाका ९६ वडा रहेको कपिलवस्तुमा ७९ वडामा वडा सम्मेलन मार्फत नयाँ कमिटी निर्माण भएको माओवादी केन्द्रका जिल्ला समन्वय समिति संयोजक रामचन्द्र शाहले जानकारी दिनुभयो । अझै १७ वडामा सम्मेलन गर्न बाँकी रहेको भन्दै छिट्टै गरिने उहाँले बताउनुभयो ।

जिल्लाभर एकैसाथ वडा सम्मेलन गर्दा पार्टीको जिल्ला नेतृत्वको व्यस्तता र समय अभावका कारण हुन नसकेको उहाँले जनाउनुभयो ।

माओवादी केन्द्र कपिलवस्तुले कपिलवस्तु नगरपालिकामा १२ वडा, वाणगंगा नगरपालिकामा ११ वडा , यशोधरा गाउँपालिकामा ८ वडा, बुद्धभूमि नगरपालिकामा १० वडामा वडा कमिटी निर्माण गरेको छ ।

यस्तै शुद्धोधन गाउँपालिकामा ६ वडा, शिवराज नगरपालिकामा ६ वडा, विजयनगर गाउँपालिकामा ६ वडा, महाराजगन्ज नगरपालिकामा ६ वडा, कृष्णनगर नगरपालिकामा ८ वडा र मायादेवी गाउँपालिकामा ६ वडा वडामा वडा कमिटी गठन गरिएको छ ।

अब शिवराजमा ५, विजयनगरमा १, महारागन्जमा ५, कृष्णनगरमा ४ र मायादेवीमा २ वडामा वडा कमिटी निर्माण हुन बाँकी छ ।

सम्बन्धित् समाचार