गृहपृष्ठ Featured युवाको नेतृत्व गर्दै कांग्रेस कपिलवस्तु जिल्ला सचिवमा ठकुरीको उम्मेद्वारी घोषणा

युवाको नेतृत्व गर्दै कांग्रेस कपिलवस्तु जिल्ला सचिवमा ठकुरीको उम्मेद्वारी घोषणा

प्रकाशित मिति:

वैखरी अनलाईन : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेश अन्तर्गत युवाको नेतृत्व गर्दै जिल्ला सचिवमा खोम बहादुर सिंह ठकुरी(शक्ति)ले उम्मेद्वारी घोषणा गरेका छन् । नेपाली कांग्रेसको संक्रिय राजनिति गर्दै आईरहेका ठकुरीले सामाजिक संजालमार्फत उम्मेद्वारी घोषणा गरेका हुन् । दशकौदेखि पार्टीका विभिन्न जिम्मेवारी निर्वाह गरेका उनले पार्टीलाई थप बजबुत बनाउन आफुले उम्मेद्वारी दिएको बैखरी अनलाईनलाई बताए ।

नेपाल तरुण दल कपिलवस्तुका सभापति समेत रहेका ठकुरीले पार्टीका सम्पुर्ण नेता कार्यकर्ताहरुको साथ सहयोग मिल्ने विश्वास समेत व्यक्त गरे । सामाजिक कार्यमा समेत अग्रसर रहदै आएका उनी पार्टीका एक होनाहार, सच्चा कार्यकर्ताका रुपमा परिचित छन् ।

उनले पार्टीमा गटगत प्रवृतिको अन्त्यका लागी पनि आफ्नो उम्मेद्वारी रहेको दाबी गरे ।

सम्बन्धित् समाचार