गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ को सभापतिमा खाँको उम्मेद्वारी घोषणा

कांग्रेस कपिलवस्तु क्षेत्र नं. १ को सभापतिमा खाँको उम्मेद्वारी घोषणा

बैखरी अनलाईन : नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेश अन्तर्गत कपिलबस्तु क्षेत्र नं. १ को सभापतिमा अब्दुल मन्नान खाँले उम्मेद्वारी घोषणा गरेका छन् । दशकौदेखि नेपाली कांग्रेसको संक्रिय राजनिति गर्दै आईरहेका खाँले जिल्लामा पार्टीलाई थप स्थापित गर्दै पार्टीलाई थप सुदृढ तुल्याउन आफ्नो उम्मेद्वारी रहेको बताए ।

‘पार्टीलाई थप बजबुत बनाउन मैले उम्मेद्वारी दिएको हुँ, उनले बैखरी अनलाईनलाई भने’ मेरो उम्मेद्वारी हुनु स्वभाविक हो ।’

उनले पार्टीका सम्पुर्ण नेता कार्यकर्ताहरुको साथ सहयोग मिल्ने विश्वास समेत व्यक्त गरे ।

सामाजिक कार्यमा समेत अग्रसर रहदै आएका उनी पार्टीका एक होनाहार, सच्चा कार्यकर्ताका रुपमा परिचित छन् ।

सम्बन्धित् समाचार