गृहपृष्ठ Featured शिवराजका बेपत्ता पौडेलको खोजी गर्न कुकुर परिचालन

शिवराजका बेपत्ता पौडेलको खोजी गर्न कुकुर परिचालन

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटाबाट शुक्रबारदेखि बेपत्ता भएको व्यापारी खोज्न कपिलवस्तु प्रहरीले तालिम प्राप्त कुकुर परिचालन गरेको छ । चन्द्रौटामा खाद्यान्न पसल सञ्चालन गर्दै आएका वर्ष ३३ का विक्रम पौडेल गत शुकबार साँझ ७ बजेदेखि बेपत्ता हुनुभएको थियो ।

सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी कार्यालयले पनि बेपत्ता पौडेलको खोजतलास सुरु गरेको थियो । पौडेल सवार मोटरसाइकल शनिबार विहान बुद्धभूमि ९ बेलनदी नजिकै र अर्को दिन विहान उहाँको मोबाइल नदी आसपासमा फेला परेको थियो ।

लगातार प्रहरी प्रशासन र स्थानीयले खोजी गर्दा फेला नपरेपछि तालिम प्राप्त कुकुर परिचालन गरेको छ । कर्णाली प्रदेश प्रहरी मातहत रहेको तालिम प्राप्त कुकुर परिचालन गरी आज (मङ्गलबार) विहानदेखि खोजी सुरु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताउनुभयो ।

सम्बन्धित् समाचार