गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तुको स्थगित क्षेत्रको अधिवेशन भोलि : स्थान कुन कुन ?

कांग्रेस कपिलवस्तुको स्थगित क्षेत्रको अधिवेशन भोलि : स्थान कुन कुन ?

प्रकाशित मिति:

वैखरी अनलाईन : विविध कारण देखाउँदै स्थगित भएको कांग्रेस कपिलवस्तुको संघीय निर्वाचन क्षेत्रको अधिवेशन भोलि हुने भएको छ ।  जसमध्ये क्षेत्र नं.१ को पचेहरा, क्षेत्र नं.२ को तौलिहवा र ३ को चन्द्रौटामा हुने नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ ।

निर्वाचन विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत कुल राज पौडेलले जानकारी दिए ।

मंगलवार (आज) हुने निर्वाचन समय नपुगेको तथा विविध कारण देखाउदै स्थगित गरिएको थियो । भोलि हुने चुनावमा शेर बहादुर देउवा र रामचन्द्र पौडेल पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा गुणलक्ष्मी शर्मा र कृष्ण न्यौपाने क्षेत्र नम्बर २ मा अल्प संख्यकतर्फ रबि ठाकुर र थारुतर्फ जवाहर थारु तथा निर्वाचन क्षेत्र नम्बर ३ मा दलिततर्फ जय करन पासी, खस आर्यतर्फ कमल बहादुर क्षेत्री, दलिततर्फ उमा बिक निर्वारोध निर्वाचित भएका छन्। जिल्लामा कुल १ हजार ८१२ मतदाता छन्। निर्वाचन क्षेत्र नम्बर ३ मा ५ सय ९९, २ मा ६ सय ४८ र ३ मा ५६५ मतदाता छन्।

सम्बन्धित् समाचार