गृहपृष्ठ Featured प्रदेश १ को बागमतिमाथि २६ रनको जित

प्रदेश १ को बागमतिमाथि २६ रनको जित

प्रकाशित मिति:

काठमाडौं : आजदेखि सुरू वाई-वाई यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ ले विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिविम मैदानमा भएको खेलमा प्रदेश १ ले बागमति प्रदेशमाथि २६ रनको जित निकालेको हो।

प्रदेश १ ले दिएको १७६ रनको लक्ष्य पछ्याएको बागमति ३१।४ ओभरमा १४९ रनमा अलआउट भयो। बागमतिका लागि विपिन शाहीले ४३ रन र विवेक मगरले ४२ रन जोडे।

ओपनरद्वय सूर्यांशु कोइराला र उत्तम मगर क्रमशस् ५ रन र ४ रनमा आउट हुँदा अन्य ब्याट्सम्यान पनि सस्तैमा आउट भए।

सम्बन्धित् समाचार