शत्रुघन खरविन्द (कपिलवस्तु) : सनशाईन सामाजिक विकास संस्था बुद्धभुमि वडा नम्बर १० चेतरादेईले स्वास्थ्य उपकरण सामग्री हस्तान्तरण गरेको छ । अस्टे«लियान एडको सहयोग र सनशाईन सामाजिक विकास संस्था र यूनाईटेड मिसन टु नेपालको साझेदारीमा सञ्चालित स्वास्थ्य प्रणालीमा सुधार परियोजनाबाट अपरेसन टेबल, ईसीजी मेशिन र कटरी मेशिन, अक्सिजन सिलिन्डर लगायत उपकरण सामग्रीहरु स्वास्थ्य कार्यालय कपिलवस्तुलाई हस्तान्तरण गरिएको हो । ७ लाख ३४ हजार ८ सय ५० रुपाय बराबरको सो उपाकरणहरु संस्थले नगर प्रमुख किरण सिंहलाई हस्तान्तरण गरेको थियो ।
सोहि कार्यक्रममा नगर प्रमुख सिंहले सो उपाकरणहरु कपिलवस्तु अस्पताल तौलिहवाका मेडिकल सुपरिटेन्डन डा.किशोर बन्जाडे लाई हस्तान्तरण गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले अपरेसन टेबल ,ई.सी.जी.मेशिन र कटरी मेशिन लगायत उपाकरणहरु कपिलवस्तु अस्पताल तौलिहवालाई प्रदान गर्ने सनशाईन संस्थालाई धन्यावद दिनुभएको थियो ।
सनशाईनले विगतका दिनहरु र कोभिड –१९ मा विभिन्न किसिमको सहयोग गरेको सम्झदै अगामी दिनहरुमा सहयोगलाई निरन्तरता दिनहुन् सिंहले अग्रह गर्नुभएको थियो । संस्थाले प्रदान गरेको उपाकरण बाट कपिलवस्तु अस्पताल तौलिहवालाई धेरै महत्वपूर्ण सहयोग पुगेको कपिलवस्तु अस्पतालका मे.सु. डा.किशोर बन्जाड बताउनु भएको थियो । सामग्रीको सक्दो प्रयोग गर्ने र यसबाट नागरिकहरुले धेरैभन्दा धेरै लभान्वित हुने डा.बन्जाड विश्वास व्यक्त गरेका छन् ।








