कपिलवस्तु : कपिलवस्तुको शिवराजमा बसको ठक्करबाट एक किशोरको मृत्यु भएको छ । बुधबार विहान शिवराज नगरपालिका वडा नं. १ स्थित हाइवेय पेट्रोल पंम्प नजिकै बसको ठक्करवाट १८ बर्षीय किशोरको मृत्यु हो । मृत्यु हुनेमा शिवराज नगरपालिका वडा न १ निवासी जित बहादुर मगरको छोरा रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ ।
पुर्ववाट पश्चिम तर्फ जाँदै गरेको ना ८ ख ८१९१ नम्बरको बसले वनकवासबाट चन्द्रौटातर्फ साईकलमा आउँदै गर्दा साइकल यात्री किशोरलाई ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए ।
गम्भीर घाइते भएका किशोरको उपचारका क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।








