बुटवल : माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज रामप्रसाद बन्जाडेको मगरघाटमा अन्त्येष्टि गरिएको छ । बन्जाडेलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, माओवादीका नेता एवं पूर्व मन्त्री चक्रपाणी खनाल ‘बलदेव’, सुर्दशन बराल लगायतका नेता कार्यकर्ताहरुले अन्तिम श्रद्धान्जली व्यक्त गरेका थिए ।
मंगलबार साँझ पार्टीको कार्यायक्रममा सहभागि भएर बुटवल आउने क्रममा बन्जाडे सवार मोटरसाइकलाई बसले ठक्कर दिएको थियो । दुर्घटनामा परी गम्भीर घाइते बन्जाडेको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो ।