गृहपृष्ठ Featured कपिलवस्तुमा कांग्रेस जिल्ला सभापति पदका दाबेदार महाधिवेशन प्रतिनिधिमै हारे

कपिलवस्तुमा कांग्रेस जिल्ला सभापति पदका दाबेदार महाधिवेशन प्रतिनिधिमै हारे

प्रकाशित मिति:

वैखरी अनलाईन : नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन अन्तर्गत क्षेत्रीय अधिवेशनमा कपिलवस्तु जिल्ला सभापतिका दावेदार पराजित भएका छन् । जिल्ला सभापतिका दावेदार मानिएका हरि राज घिमिरे, लोकनाथ शर्मा र सोहरत तेली महाधिवेशनमै पारजित भएका हुन् ।

नेपाली कांग्रेसमा जिल्ला सभापति हुनका लागी महाधिवेशन प्रतिनिधि अनिवार्य हुनु पर्ने प्रावधान रहेको छ । पराजित ३ जनाले जिल्ला सभापतिका लागी तीब्र प्रचार समेत रहेका थिए ।

महाधिवेशन प्रतिनिधिमा पराजित भएसंगै उनीहरुको जिल्ला सभापति बन्ने आकांक्षामा ठूलो धक्का लागेको छ ।

सम्बन्धित् समाचार