गृहपृष्ठ Featured कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ मा उपाध्याय विजयी

कांग्रेस कपिलवस्तु क्षेत्र नं. ३ मा उपाध्याय विजयी

प्रकाशित मिति:

कपिलवस्तु जिल्लाको क्षेत्र नं. ३ मा भएको नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनको मत परिणाम सार्वजनिक भएको छ । अधिवेशनबाट शेर बहादुर देउवा निकट ब्रहामानन्द उपाध्याय सभापतिमा निर्वाचित हुनुभएको छ । उपाध्यायले उहाँका प्रतिद्धन्दी हरि प्रसाद पोख्रेललाई २३ मतान्तरले हराउनुभएको हो ।

यता क्षेत्र नं. २ को मतगणना विवादको कारण स्थगित भएको थियो । स्थगित मतगणना दिउँसोबाट सुरु भएको छ । क्षेत्र नं। २ मा केशव कुमार श्रेष्ठ र विरेन्द्र मिश्रा सभापतिको उम्मेदवार रहनुभएको छ ।

यस अघि क्षेत्र नं. १ को सभापतिमा मन्नान खाँ निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना प्रतिस्पर्धी टेकबहादुर शाहीलाई पराजित गर्नुभएको हो ।

सम्बन्धित् समाचार