गृहपृष्ठ Featured कांग्रेस गुल्मीको सभापतिमा पौडेल समूहका पन्थी निर्वाचित

कांग्रेस गुल्मीको सभापतिमा पौडेल समूहका पन्थी निर्वाचित

प्रकाशित मिति:

बुटवलः नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका पन्थीसहित प्यानल नै विजयी भएको छ।

अधिवेशनमा पन्थीले एक हजार २७१ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३८४ मत प्राप्त गरेका छन्।
त्यस्तै, उपाध्यक्षमा शिव केसी र अनन्तराम पौडेल विजयी भएका छन्। केसीले एक हजार ३२ र पौडेलले एक हजार १८७ मत प्राप्त गरेका छन्। प्रत्यासी झविन्द्र विश्वकर्माले ५०८ मत पाएका छन्।

सचिवमा भगतसिंह खड्का र जगदीश भट्टराई विजयी भएका छन्। खड्काले एक हजार २२ र भट्टराईले ९९१ मत प्राप्त गरेको निर्वाचन सहायक भीम न्यौपानेले जानकारी दिए।

सहसचिवमा छवि पाण्डेयले एक हजार १३३ र धर्म पाण्डेले ८५० मत प्राप्त गरेर विजयी भएका छन्। प्रत्यासी निरोज मरासिनीले ३६२ र रेशम कुँवरले ५८१ मत प्राप्त गरेको निर्वाचन सहायक न्यौपानेले बताए। निर्वाचन भएकामध्ये सदस्यमा कृष्णप्रसाद पोख्रेल, धीरेन्द्र केसी, लीलाधर आचार्य, पदम विष्ट र लोकप्रसाद खरेल विजयी भएका छन्।

अधिवेशनमा क्षेत्र नम्बर १ बाट ९३९ र क्षेत्र नम्बर २ बाट ८२७ जना गरेर एक हजार ७६६ जना प्रतिनिधि रहेका थिए। जसमा एक हजार ६९३ मत खसेको थियो।

सम्बन्धित् समाचार