गृहपृष्ठ Featured एमाले महाधिवेशन : ७२ मेसिनबाट मतदान हुने

एमाले महाधिवेशन : ७२ मेसिनबाट मतदान हुने

काठमाडौं : नेकपा एमालेको महाधिवेशनको मतदान हुँदैछ । एमालेको निर्वाचन आयोगले प्रकाशित गरेको कार्यतालिका अनुसार सोमबार राति ९ बजेदेखि बिहान ३ बजेसम्म मतदान हुनेछ ।

मतदानमा ७२ वटा विद्युतीय मेसिन प्रयोग हुने भएको छ। मतदानका लागि ७२ मेसिन प्रयोग गर्न लागिएको छ। एमाले महाधिवेशनमा २२ सय ८७ प्रतिनिधि सहभागी छन् । मतदान सम्पन्न भएको ३ घण्टामा मतपरिणाम आउने एमालेले बताएको छ।

मतदान पक्रिया सकिएलगत्तै मतपरिणाम सार्वजनिक गर्ने एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले बताए। यसअघि एमाले महाधिवेशनअन्तर्गत शनिबारको बन्दसत्रमा केपी ओलीको प्रस्तावमा ३०१ केन्द्रीय कमिटीसहितको नामावली सार्वजनिक भएको थियो । जसमा १९ जना पदाधिकारीको सूचीसमेत सार्वजनिक गरिएको छ।

नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध निर्वाचित भएका छन् ।

एमालेको जारी १० औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल निर्वाचित भएका हुन्। यद्यपी औपचारिक घोषणा भने हुन बाँकी छ।

सम्बन्धित् समाचार