कपिलवस्तु : कांग्रेस कपिलवस्तुका पुर्व सभापति सुरेन्द्रराज आचार्यले आसन्न १४ औं महाधिवेसनमा लुम्बिनी प्रदेश महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ ।
प्रदेशमा रहेका १२ जिल्लामा कांग्रेसलाई एक्क ढिक्का र मजबुत बनाउन प्रदेश महा मन्त्रिमा आफनो उम्मेदावरी रहने आचार्यको भनाइ छ ।
नेपाली कांग्रेसको जिल्ला अधिवेशन सम्पन्न भए लगत्तै अब प्रदेश महाधिवेशनतर्फ नजर परेको छ। कांग्रेश महादिवेशनको प्रदेश नेत्रित्वका लागि यही मंसिर १७ गते उम्मेदवारहरूले मनोनयन हुने छन् । त्यसपछि १८ र १९ गतेभित्रमा प्रदेश अधिवेशन हुने छ ।
सोहि अनुसार कांग्रेस प्रदेश अधिवेशन अन्र्तगत आचार्यले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्नु भएको हो ।