गृहपृष्ठ Featured पिपरा अस्पतालमा बन्ने भयो आइसोलेशन वार्ड, मेयर थारुद्धारा शिलन्यास

पिपरा अस्पतालमा बन्ने भयो आइसोलेशन वार्ड, मेयर थारुद्धारा शिलन्यास

प्रकाशित मिति:

भगवती न्यौपाने (कपिलवस्तु) : पिपरा हस्पिटलमा आइसोलेशन वार्ड भवनको मंगलवार शिलन्यास भएको छ । बाणगंगा नगरपालिकाको करिब डेढ करोडको लागतमा वार्ड निमार्ण हुन लागेको हो । भवनको शिलन्यास गदै वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचारका लागि आइसोलेशन वार्ड निमार्ण गर्न लागिएको बताउनु भयो ।

कोरोना भाइरसको माहामारीमा नगरमा आइसोलेशन नहुदा नगरवासिले दुख पाएको बताउदै उपचार कक्ष आइसोलेशन वार्डबाट अब नगरवासि लाभान्वित हुने बताउनु भयो । पिपरा अस्पतालाई अगाडी बढाउन नगरले धेरै सहयोग गर्ने नगर प्रमुख थारुको भनाई रहेको छ ।

वार्ड निमार्ण गर्ने जिम्मा श्री गोरखनाथ कन्स्ट्कसन एण्ड मर्चेन्डाइजर प्रा।लि कम्पनिले पाएको छ । २०७८ मसिंस १ गतेबाट बनाउन सुरु गरिएको वार्ड २०७८ चैत्र मसान्त सम्म सम्पन्न हुने कम्पनिका निदेशक विष्णु प्रसाद सापकोटाले बताउनु भयो ।

शिलन्यास कार्यक्रममा उपप्रमुख चक्रपाणी अर्याल, प्रमुख प्रशासकिय अधिकृत बासुदेव खनाल नगर प्रवक्ता विष्णु पौडेल लगायतको उपस्थित रहेको थियो । कोरोना माहामारीको बेला नगरवासि सिद्धार्थ क्याम्पसको सभाहलमा बस्दै आएका थिए । आइसोलेशन वार्ड भवन निमार्ण हुनु नगरबासीका लागि खुसिको कुरा हो । ।

सम्बन्धित् समाचार