गृहपृष्ठ Featured कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा उम्मेदवारी दिने शाहको घोषणा

कांग्रेसको लुम्बिनी प्रदेश सभापतिमा उम्मेदवारी दिने शाहको घोषणा

प्रकाशित मिति:

बुटवल : नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सभापति पदमा सांसदसमेत रहेका कांग्रेस नेता भरतकुमार शाहले उम्मेदवारी दिने भएका छन् । यही मंसिर १७ मा प्रदेश सभापतिका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्वाचन कार्यतालिका छ ।

प्रतिनिधि सभा सांसद रहेका शाह सभापति शेरबहादुर देउवानिकट मानिन्छन् । शाह संघीय लेखा समितिका सभापति पनि हुन् ।

शाहले मंगलबार बुटवलमा आयोजित कार्यक्रममा यसपालि लुम्बिनी प्रदेश सभापति पदका लागि उम्मेदवारी दिने बताएका थिए ।

कांग्रेसले यही मंसिर १८ मा सातै प्रदेशमा प्रदेश अधिवेशन गर्न लागेको छ । प्रदेश अधिवेशनमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले प्यानलसहित उम्मदेवारी दिने तयारी गरेका छन् ।

सम्बन्धित् समाचार