गृहपृष्ठ Featured ३४औं विश्व एड्स दिवस : एचआईभि संक्रमित ४९ बालबालिकालाई न्यानो कपडा वितरण

३४औं विश्व एड्स दिवस : एचआईभि संक्रमित ४९ बालबालिकालाई न्यानो कपडा वितरण

प्रकाशित मिति:

कपिलवस्तु : ३४ औ विश्व एड्स दिवसका अवसरमा कपिलवस्तुको तौलिहवामा ४९ जना एचआईभि संक्रमित बालबालिकाहरुलाई न्यानो कपडा बितरण गरिएको छ । एड्स दिवसमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थय कार्यालय, कपिलवस्तु अस्पताल, समपर्ण सहयोग समुह नमुना एकीकृत विकास परिषद लगायतका संस्थाहरुको संयुक्त आयोजनामा उनीहरुलाई हुड बितरण गरिएको हो ।

कपिलवस्तु नगरपालिकाको सहयोगमा गरिएको कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष प्रबीण कुमार श्रीवास्तव, उपाध्यक्ष जय प्रकाश पाण्डेयले कपिलवस्तु नगरपालिकाका सामाजिक किावस अधिकृत पदमराज श्रेष्ठले संक्रमित बालबालिकाालई हुड हस्तान्तरण गरेका थिए । सो अवसरमा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्यले एचआईभि संक्रमितहरु एकबद्ध भर्इै आफनो हक अधिकारकालागि आवाज उठाउनु पर्ने बताए ।

उनले संक्रमितहरुलाई सरकारले पनि उपचारमा सहयोग गरी आयआर्जनका कायृक्रममा सरिक गराउनु पर्ने बताए । सो अवसरमा गैससका जिल्ला अध्यक्ष श्रीवास्तवले संक्रमितहरु आफै सशक्त हुन संगठीत हुनु पर्ने बताए । उनले संक्रमितहरुको उपचारमा सरकारले ठोस कार्यक्रम ल्याउनु पर्ने बताए ।

कार्यक्रममा संक्रमितका अभिभावकहरुले आफुहरुलाई अझै पनि समाजमा हेयभावले हेर्ने गरेको र बिभेद गर्ने गरिएको गुनासो गरे । उनीहरुले कपिलवस्तु अस्पतालमा संक्रमित महिलाहरुले बच्चा जन्माउनकालागि जादा रिफर गरेर आफुहरुलाई उपचारबाट बंचित गराउने गरिएको गुनासो गरे । एक हप्ता अघि मात्र सो अस्पतालमा एक संक्रमित महिलालाई त्यसरी अनावश्यकरुपमा रिफर गरी उपचारबाट बंचित गराइएको गुनासो गरिएको थियो ।

सम्बन्धित् समाचार