गृहपृष्ठ Featured बर्दियामा करिब १९ ग्राम लागु औषध ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

बर्दियामा करिब १९ ग्राम लागु औषध ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

प्रकाशित मिति:

बर्दिया : बर्दियामा करिब १९ ग्राम लागु औषध ब्राउन सुगर सहित भारतीय नागरिक पक्राउ परेका छन । लागु औषध नियन्त्रण ब्यूरो नेपालगन्ज बाँके र ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाबाट खटिएको प्रहरी टोलीले १८ ग्राम ८६० मिलिग्राम लागु औषध ब्राउन सुगर सहित् भारतीय नागरिक रोहित कुमार गुप्तालाई पक्राउ गरेको हो ।

शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा रोकेर खानतलासी गर्दा उक्त परिमाणको लागु औषध ब्राउन सुगर फेला परेको ईलाका प्रहरी कार्यालय ढोढरी बर्दियाका प्रहरी निरीक्षक राजन कुमार गौतमले जानकारी दिए ।

भारतको बहराईच जिल्ला तहसिल मिपुरुवा सुजौलि थाना फकिरपुर बस्ने २२ बर्षिय गुप्तालाई प्रहरीले मधुवन नगरपालिका वडा नं. ३ र ५ को बीचमा पर्ने भत्केको पुल नजिकबाट पक्राउ गरेको हो ।

सम्बन्धित् समाचार