गृहपृष्ठ Featured कैलास आश्रम धामलाई राष्ट्रपति भण्डारीको सुझाव- ‘संस्कृत विश्वविद्यालयसंग सहकार्य गर्नुस्’

कैलास आश्रम धामलाई राष्ट्रपति भण्डारीको सुझाव- ‘संस्कृत विश्वविद्यालयसंग सहकार्य गर्नुस्’

प्रकाशित मिति:

वैखरी अनलाईन : राष्ट्रपति विद्यादेवी भण्डारी आज (विहिवार) कपिलवस्तु आउनु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर २ नन्दनगरमा मंसिर १४ गते देखि सुरु भएको २७ औँ ज्ञानमहायज्ञमा सहभागी हुन भण्डारी कपिलवस्तु आउनु भएको हो । हेलिकप्टरमार्फत आउनुभएकी राष्ट्रपति भण्डारीले सन्त प्रतिष्ठान, विश्रामालय, हरिद्धार, कैलाश धाम एवम् अष्टचिरञ्जिवी महाकुण्डको अनावरण गर्नुभएको छ ।

महायज्ञलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले चुरे संरक्षणलाई ध्यानमा राख्दै विकासका कामलाई अगाडि बढाउनु पर्नेमा जोड दिनुभएको छ । चुरे मानव जिवन समेत भएको बताउँदै उहाँले प्राकृतिलाई सिङगार्दै विकासको गतिलाई अघि बढाउनुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले कोरोना भाईरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका केही मुलुकमा फैलिरहेको र सोही कारण आफु चिन्तित भएको बताउभयो ।

यसको संक्रमणबाट बच्न राष्ट्रपति भण्डारीले सरकारले अवलम्बन गर्न भनेका सम्पूर्ण स्वास्थ्यका मापदण्ड पालन गर्न आग्रह गर्नुभयो । राष्ट्रपति भण्डारीले यस अवसरमा कपिलवस्तुवासीसंग भेटघाट गर्ने मैका पाएको भन्दै खुशी व्यक्त समेत गर्नुभयो । शिक्षाको सुरुवात नै गुरुकुलबाट भएको बताउँदै राष्ट्रपति भण्डारीले यस कैलास आश्रमलाई संस्कृत विश्वविद्यालयसंग सहकार्य गर्न सुझाव दिनुभयो ।

 

सम्बन्धित् समाचार