गृहपृष्ठ Featured चीन सरकारले पाकिस्तानी विद्यार्थीलाई लगायो रोक

चीन सरकारले पाकिस्तानी विद्यार्थीलाई लगायो रोक

प्रकाशित मिति:

चीनका विश्वविद्यालय एवं कलेजहरुमा अध्ययनरत पाकिस्तानी विद्यार्थीलाई चीन सरकारले रोक लगाएको छ। कोभिड(१९ महामारी फैलिएपछि पाकिस्तान पुगेका हजारौं विद्यार्थीलाई सरकारले चीन फर्किन रोक लगाएको हो।

करिब २८ हजार पाकिस्तानी विद्यार्थीहरु चीनका विभिन्न शैक्षिक संस्थाहरुमा भर्ना भएका छन्। महामारी सुरु भएपछि चीनले सन् २०२० मार्चमा ति विद्यार्थीलाई सात महिनाको लागि पाकिस्तान पठाएको थियो। सो समयमा पाकिस्तान पुगेका विद्यार्थीहरु दुई वर्ष वितिसक्दा पनि पाकिस्तानमै अड्केका छन्।

चीनले देशमा कोरोना संक्रमण फैलन नदिन अपनाएको शून्य कोभिड नीतिअनुसार करिब ११ हजार पाकिस्तानी विद्यार्थी चीन फर्किन नपाएको बताइएको छ। जसका कारण पाकिस्तानी विद्यार्थीहरु आफ्नो डिग्री गुम्नेमा चिन्तित बनेको अरब न्युजमा खबर छ।

चीनमा अध्ययनरत विद्यार्थीलाई चीन फर्काउन पाकिस्तानले निरन्तर प्रयास गरिरहेको बताइएको छ। यद्यपि, इस्लामावादस्थित चिनियाँ राजदूतावासले कोभिड चुनौतिका बीच आफूहरुले केही भन्न नमिल्ने प्रतिक्रिया दिएको बताइएको छ।

सम्बन्धित् समाचार