गृहपृष्ठ Featured कपिलवस्तुमा मत्स्यपालक कृषक संजाल गठन, अध्यक्षमा चौधरी

कपिलवस्तुमा मत्स्यपालक कृषक संजाल गठन, अध्यक्षमा चौधरी

प्रकाशित मिति:

कपिलवस्तु : व्यवसायिक मत्स्य पालनतर्फ कृषकहरुलाई उन्मुख गर्न कपिलवस्तुमा अगुवा मत्स्यपालक कमलेशशरण चौधरीको अध्यक्षतामा ११ सदस्यीय कपिलवस्तु मत्सयपालक कृषक संजाल गठन गरिएको छ । भेटनगरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रद्धारा तौलिहवामा आयोजित मत्सय पालक कृषक र सरोकारवालाहरुसंग अन्तरक्रिया कार्यक्रममा चौधरीको अध्यक्षतामा ११ सदस्यीय संजाल गठन गरिएको हो ।

संजालको उपाध्यक्षमा हेम प्रसाद बेल्बासे, सचिवमा अम्बर अधिकारी, सह सचिवमा रामानन्द चौधरी र कोषाध्यक्षमा लक्ष्मी थारु रहेका छन । यस्तै सदस्यहरुमा पिंगल प्रसाद पाल, राजेश केवट, अनुप कुमार पाण्डेय, संदीप कुमार चौरसिया, ईर्साद अहमद खा, र भोला यादव रहेका छन ।

सो अवसरमा विज्ञ केन्द्रका प्रमुख उत्तम आचार्यले कपिलवस्तुमा मत्सय पालनको अवस्था बारे प्रस्तुत गर्दै कपिलवसतुमा निर्वाहमुखी माछा पालन गर्ने गरिएको बताए । उनले केहीले मात्र ब्यवसायिकरुपमा माछा पालन गरेको भन्दै उनले ब्यवसायिकरुपमा माछापालन गरिए राम्रो आयआर्जन गर्न सकिने बताए । उनले कपिलस्तुमा प्रशस्त ताल तलैयाहरु रहेको र माछापालनकालागि उपयुक्त स्थान समेत रहेको बताए । उनले यस बर्ष केन्द्रबाट जिउदो माछा पसल २ वटा र मत्सय पालन ब्यवस्थापन यान्त्रिकरणकलागि २ जनालाई सहयोग गर्ने कार्यक्रम रहेको बताए ।

सो अवसरमा पशुपंक्षी तथा मत्सय विकास निर्देशनालयका अधिकृत बिष्णु प्रसाद खनालले कृषकहरुले सहीढंगले मत्सय पालन गरे राम्रो आम्दानी गनेृ बताए । उनले मत्यस पालन कसरी गर्ने र कसरी बढी आम्दानी कमाउन सकिन्छ भन्ने बिषयमा जानकारी गराएका थिए । कपिलवस्तुमा २ हजार ३४ मेट्रिक टन माछा उत्पादन हुने गरेको र ५ सय बढी ब्यवसायिक फर्म रहेका छन । यस्तै १५ मत्सय कृषक सम्ुह छन ।

सो अवसरमा संजालका अध्यक्ष चौधरीले कपिलवस्तुमा ब्यवसायिक माछापालन तर्फ कृषकलाई आकर्षित गर्न आफुले सक्दो प्रयास गर्ने बताए । उनले कपिलवस्तुलाई माछामा आत्मनिर्भर बनाउन पालिका, प्रदेश र संघीय सरकारले बिशेष कार्यक्रम ल्याउनु पर्ने बताए ।

सम्बन्धित् समाचार