गृहपृष्ठ Featured राप्रपामा उम्मेदवारको नाम सार्वजनिक : क-कसले दिए उम्मेदवारी ?

राप्रपामा उम्मेदवारको नाम सार्वजनिक : क-कसले दिए उम्मेदवारी ?

प्रकाशित मिति:

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ। राप्रपा निर्वाचन समितिले उम्मेदवारीको नामावली सार्वजनिक गरेको हो।

जसमा अध्यक्ष, उपाध्यक्ष र महामन्त्री गरी १६ जनाको उम्मेदवारी परेको छ। महाधिवेशनमा अध्यक्षसहित ८ जना पदाधिकारीका लागि निर्वाचन हुने भएको हो। अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्‍देन भिड्दैछन्। यस्तै, उपाध्यक्षमा जगतप्रसाद गौचन,रामचन्द्र राय यादव, लिला देवी श्रेष्ठ, विक्रम पाण्डे, रोशन कार्की, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र दुर्गादेवी झाले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै, महामन्त्रीका लागि रेखा थापा, डा।धवल शमशेर राणा, श्यामप्रसाद तिमल्सिना, भुवनकुमार पाठक, भस्कर भद्रा र कुन्तीकुमारी शाहीले उम्मेदवारी दर्ता गराएका छन्। राप्रपामा ४ उपाध्यक्ष र ३ महामन्त्री निर्वाचनबाट चयन हुनेछन् भने अरू १ सय ४१ केन्द्रीय सदस्य निर्वाचनबाटै आउनेछन्।

राप्रपाको १४९ सिटका लागि २६४ जनाको उम्मेदवारी दर्ता भएको छ। नयाँ नेतृत्व चयनका लागि भोलि निर्वाचन हुँदैछ। अध्यक्ष पदका लागि मतपत्रबाट र अन्य उम्मेदवारको विधद्युतीय मेसिनबाट मतदान हुने निर्वाचन समितिले जनाएको छ।

सम्बन्धित् समाचार