घातक भनिएको कोरोना भाइरसको नयाँ भेरियन्ट–ओमिक्रोन, श्रीलंकामा पनि देखिएको छ। पछिल्लो पटक अफ्रिकामा भेटिएको भनिएको यस भाइरसका संक्रमित श्रीलंकामा पनि देखिएका श्रीलंकाको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सो मन्त्रालयका अनुसार नाइजेरियाबाट केही दिन अघि श्रीलंका आएका एकजना व्यक्तिमा सो भाइरस देखिएको हो। उनलाई हाल क्वारेन्टिनमा राखेर उपचार भइरहेको छ। तर, पनि उनको अवस्था भने त्यति गम्भीर नपाइएको बताइएको छ।
अमेरिकाको न्युयोर्क सहरमा पनि बिहीबार सो भाइरस भेटिएको थियो। उनीहरुले यो नयाँ भेरियन्ट गत बुधबार मात्र अमेरिकाको क्यालिफोर्नियामा पत्ता लागेको बताएका थिए। यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट आएका एक व्यक्तिमा सो भेरियन्ट देखिएको थियो। यो भाइरस विश्वका ३५ भन्दा बढी देशमा भेटिइसकेको छ। -रासस/सिन्ह्वा










