गृहपृष्ठ Featured भैलो खेलेर उठेको रकमबाट बाणगंगाका युवाले गरे बाल गृहलाई सहयोग

भैलो खेलेर उठेको रकमबाट बाणगंगाका युवाले गरे बाल गृहलाई सहयोग

प्रकाशित मिति:

वैखरी अनलाईन : देउसी भैलो खेलेर उठेको रकमबाट बाणगंगा नगरपालिका वडा नं.७ बनगाईका युवाहरुले तौलिहवास्थित कपिलवस्तु बाल गृहलाई सहयोग गरेका छन् । देउसी भैलो खेलेर जम्मा गरेको रकम रू. १५ हजार शनिबार बालगृहमा गई बनगाईका युवाहरुले बालगृहका बालबालिकाहरुको लालनपालनमा खर्च गर्ने उद्देश्यले सहयोग स्वरूप बालगृह प्रमुख राम प्रसाद अर्याललाई हस्तान्तरण गरिएको छ ।

युवा समाज सेवीहरू क्षितिज गैरे, निरज भुसाल, रूपेश बगाले अमन बिश्वकर्मा, लिपिक गिरी र सविन क्षेत्रीले सो रकम हस्तान्तरण गरेका हुन् ।

सम्बन्धित् समाचार