गृहपृष्ठ Featured आजदेखि कानुन व्यवसायीले नियमित बहस गर्ने

आजदेखि कानुन व्यवसायीले नियमित बहस गर्ने

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएका कानुन व्यवसायीहरुले आजदेखि नियमित बहस पैरवी गर्ने भएका छन्। प्रधानन्यायाधीशविरुद्ध करिब १ महिनादेखि आन्दोलित कानुन व्यवसायीहरु आजदेखि काममा फर्किने नेपाल बार एसोसिएसनले जनाएको छ। यद्देपी उनीहरुले जबराविरुद्ध आन्दोलनका कार्यक्रमलाई भने जारी राख्ने बताएका छन्। सर्वोच्चमा आइतबारका लागि ३३६ मु्द्दाका लागि १० इजलास गठन गरिएको छ।

नेपाल बार एसोसीएसनको उपाध्यक्ष रक्षा बस्यालले तामेली,बन्दीप्रत्यक्षीकरणलगायतका मुद्दाको बहस गर्ने तर प्रधानन्यायाधीशविरुद्धको आन्दोलन जारी राख्ने बताइन्।

प्रधानन्यायाधीशप्रति असन्तुष्ट सर्वोच्चका न्यायाधीश पनि नियमित इजलासमा फर्किसकेका छन्। गोला पक्रियाबाट मुद्दाको पेशी तोकिएसँगै उनीहरु काममा फर्केका हुन्। नेपाल बारले प्रधानन्यायाधीश जबराको बहिरगनको माग गर्दै संसद्‍मा रहेका राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाइसकेको छ। ज्ञापनपत्र बुझाउने क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा छलफल गर्ने बचन दिएका थिए।

केही नेताहरुले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने सरकारको तयारी रहेको बताएका छन्। तर, सत्तारुढ दलका शीर्ष नेताहरुले यस विषयमा पछिल्लो समय मुख खोलेका छैनन् ।

सम्बन्धित् समाचार