गृहपृष्ठ Featured बुटवलमा करिब १८ लाख बराबरको अबैध जुत्ता बरामद

बुटवलमा करिब १८ लाख बराबरको अबैध जुत्ता बरामद

प्रकाशित मिति:

बुटवल : बुटवलमा करिब १८ लाख बराबराको अबैध जुत्ता बरामद भएको छ ।

बुटवल उप–महानगरपालिका–२ तिनाउपुल नजिक सैनामैना नगरपालिका–४ मुर्गियाका ३२ वर्षीय बिष्नु थारुले कपिलवस्तुबाट बुटवल आउँदै गरेको लु १ च ८२१३ नम्बरको बलेरो पिकअप जिप रोकी चेकजाँच गर्ने क्रममा अबैध जुत्ता बरामद भएको प्रहरीले जनाएको छ । सो जिप भित्र अबैध रुपमा ल्याउँदै गरेको बिभिन्न कम्पनीका २५ कार्टुन (७५० जोर) जुत्ता फेला परेको रुपन्देही प्रहरीले जनाएको छ ।

सो जुत्ताका अनुमानित बजार मूल्य करिब १८ लाख रहेको र जुत्ता, चालकसहित आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बेलिया पठाइएको छ ।

सम्बन्धित् समाचार