वैखरी अनलाईन : स्वर्गीय दिनेश कुमार मरासिनीको सम्झानामा उनले परिवारले बाल गृहलाई सहयोग गरेको छ । ५२ बर्षको उमेरमा स्वर्गाहरोहण भएका दिनेशको सम्झनामा उनको परिवारले जिल्ला सदरमुकाम तौलिहवास्थित बाल गृहलाई खाद्यान्न सहित आर्थिक सहयोग गरेको हो ।
बाल गृहका बालबालिकाको लालनपालनमा केही सहयोग होस भन्ने उद्देश्यले दाल, चामल, नुन, तेल र फलफुलसहित रु.५ हजार एक सय ५५ नगद बाल गृहलाई गरिएको परिवारले जनाएको छ ।
बाणगंगा नगरपालिका वडा नं.९ जिनुवा निवासी दिनेशको यही मंसिर ७ गते ५२ बर्षको उमेरमा निधन भएको थियो । स्वर्गीय मरासिनीका एक श्रीमति विष्णु मरासिनी र दुई छोरीहरु सृष्टि शर्मा पौडेल, सिमा मरासिनी भण्डारी छन् भने ज्वाईहरु राममनी पौडेल र आकाश भण्डारी छन् ।








