गृहपृष्ठ Featured इङ्ग्लिस प्रिमियर लिग : एभर्टनले आर्सनललाई २–१ ले हरायो

इङ्ग्लिस प्रिमियर लिग : एभर्टनले आर्सनललाई २–१ ले हरायो

प्रकाशित मिति:

काठमाण्डौ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले आर्सनललाई हराएको छ । घरेलु मैदान गुडिसन पार्कमा गएराति भएको खेलमा एभर्टनले आर्सनलाई २–१ गोलले हराएको हो ।

एभर्टनका रिचार्लीसन र डिमाराई ग्रेले एकरएक गोल गरे । पहिलो हाफको अन्तिममा मार्टिन ओडेगार्डले गोल गरी आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर ७९औँ मिनेटमा रिचार्लीसनले गोल गरी बराबरी गरे । खेलको इन्जुरी समयमा डेमाराई ग्रेले गोल गरी एभर्टनलाई जिताए ।

जितसँगै एभर्टन १५ खेलबाट १८ अङ्क जोडेर १२औँ स्थानमा उक्लिएको छ । आर्सनलको समान खेलमा २३ अङ्क छ । आर्सनल सातौँ स्थानमा छ ।

सम्बन्धित् समाचार