काठमाडौं : नेपालमा आइतबारसम्म ३४ लाख डोज कोभिड(१९ विरुद्धको मोर्डना खोप आइपुग्ने भएको छ । कोभ्याक्स सुविधामार्फत् र सरकारले खरिद गरेको समेत गरी आइतबारसम्म ३४ लाख डोज मोर्डना खोप आउने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाले जनाएको छ ।
सो खोप बिहीबार र आइतबार गरी दुई लटमा ल्याइनेछ ।
यसअघि गत शुक्रबार नेपालमा कोभ्याक्स सुबिधामार्फत् नै एक लाख ८८ हजार डोज नेपाल ल्याइएको थियो । मोर्डना खोप विद्यालयलाई केन्द्र बनाएर १२ देखि १८ वर्षसम्मका बालबालिकालाई दिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय छ ।