काठमाडौं : नेपाली कांग्रेसका उपसभापति वीमलेन्द्र निधिले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् । पार्टी कार्यालय सानेपामा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
निधिले भने,‘मलाई पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवैजनाले अहिलेसम्म छलफलमा बोलाउनु भएको छैन । उहाँहरुको मप्रति सहानुभुति छ।’
उनले केन्द्रमा पनि निर्विरोध नेतृत्व चयन हुन आवश्यक रहेको बताए। नेपाली कांग्रेसको १४ औं महाधिवेशन भोलिदेखि सुरु हुँदैछ।








