गृहपृष्ठ Featured शिवराजमा साढे एक लाख बढीको अवैध सालको काठ बरामद

शिवराजमा साढे एक लाख बढीको अवैध सालको काठ बरामद

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको शिवराजमा अवैध सालको काठ बरामद गरिएको छ । डिभिजन बन कार्यलय गौतमबुद्ध चन्द्रौटा र शिवराज साझेदारी वन चन्द्रौटाका कर्मचारीहरुको संयुक्त टोलिले अवैध सालको काठ बरामद गरेको हो ।

अवैध ढंगले साइकलमा लोड गरी शिवराज नगरपालिका वडा नं.५ कहराको डाँडाबाट चोरी निकासीका लागि झाँडीमा लुकाइराखेको अवस्थामा विहिवार विहान ४५ क्यु फिट सालको काठसहित ९ थान साइकल पनि बरामद गरिएको डिभिजन बन कार्यालय चन्द्रौटाका सुचना अधिकारी गणेश थारुले बताए ।

गस्ती टोलीलाई देखेपछि तस्करहरू भाग्न सफल भएको शिवराज साझदारी बन व्यावस्थापन चन्द्रौटा सहायक बन अधिकृत प्रेम शंकर गुप्ताले बताए ।

बरामद गरिएको काठको बजार मूल्य एक ५४ हजार रुपैयाँ पर्ने जनाइएको छ । काठ तस्करीबारे थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित् समाचार