कपिलवस्तु : मनकामना स्वावलम्बन बचत तथा ऋण सहकारी सस्था कपिलवस्तु ले निशुल्क आँखा शिबिर सम्पन्न गरेको छ बिहिवार मनकामना सहकारी सस्थको भवनमा सन्जिवनी आई केयर अस्पतालको सहयोग मनकामना स्वावलम्बन बचत तथा ऋण सहकारी सस्था लिको आयोजनामा शिबिर सम्पन्न भएको हो ।
शिबिरमा स्थानीय ३०० जना बिरामीले निशुल्क सेवा लिएको सस्थाका सल्लाहकार संयोजक हरिप्रसाद श्रेष्ठले जानकारी दिनु भयो । शिविरमा धेरै मोतियाबिन्दुका बिरामी उपचारका लागी आएकोमा सामन्य बिरामीहरुलाई उपचार तथा औषधी वितरण गरिएको र गम्भीर बिरामीलाई थप उपचारको लागि अन्त पठाईएको सन्जिवनी आई केयर अस्पतालका आखा विशेषज्ञ तस्वीर गैरेले जानकारी दिनु भयो ।
शिबिर बिहीबार बिहान १० बजे देखि साझ ५ बजे सम्म चलेको थियो ।शिबिरमा आशा गरे भन्दा धेरै बिरामी उपचारका लागि आउनुले स्थानीय ले आखालाई खासै ध्यान नदिएको पाईएको सन्जिवनी आई केयर अस्पतालका आखा विशेषज्ञ गैरे बताउनु भयो ।








