गृहपृष्ठ Featured विवाह बन्धनमा बाँधिए विक्की र कट्रिना 

विवाह बन्धनमा बाँधिए विक्की र कट्रिना 

भारतीय नायक विक्की कौशल र नायिका कट्रिना कैफ विवाह बन्धनमा बाँधिएका छन्। राजस्थानको सिक्स सेन्स फोर्ट बरवारामा उच्च सुरक्षाका बीच उनीहरुले लगनगाँठो कसेका हुन्।

विक्कीले विवाहको तस्विर सामाजिक सञ्जालमा सेयर गरेका छन्। ‘हामीलाई यस क्षणमा ल्याउने सबै कुराको लागि हाम्रो हृदयमा केवल प्रेम र कृतज्ञता मात्रै। हामी यो नयाँ यात्रा शुरु गर्दै गर्दा तपाईहरु सबैको माया र आशिर्वाद चाहन्छौँ।’

बिहेमा कट्रिनाले गुलाबी रंगको लेहेंगा लगाएकी थिइन् भने विक्कीले शेरवानी लगाएका थिए।

उनीहरुको विवाहको गेस्ट लिस्टमा नेहा धुपिया, अंगद बेदी, गुरदास मान, मालविका मोहनन, शर्वरी वाघ, राधिका मदन, कबीर खान, मिनी माथुर र अन्य धेरै सेलिब्रेटीहरू थिए। तर, कट्रिनाका नजिकका साथी मानिएका सलमान खान र उनको परिवार विवाहमा सहभागी भएनन्। सलमान ‘द(बंग टुर’का लागि रियाद गएका थिए।

विक्की र कट्रिनाले आफ्ना पाहुनाहरूलाई समारोहमा भाग लिनुअघि उनीहरूको फोनहरू बाहिरै छोड्न अनुरोध गरेको नोटको पठाएको बताइएको छ।

अहिलेसम्म विक्की र कट्रिनाले आफ्नो सम्बन्धलाई गोप्य राखेका थिए। उनीहरू पहिलो पटक २०१९ मा एकसाथ जोडिएका थिए। उनीहरू आफ्नो व्यक्तिगत जीवनको बारेमा टिप्पणी गर्नबाट जोगिए पनि प्रायः पार्टीहरूमा र छुट्टी मनाउनसँगै गएको देखिएको थियो। नयाँ वर्षमा पनि उनीहरु आफ्ना भाइबहिनी सन्नी कौशल र इसाबेल कैफसँग अलिबागमा सँगै देखिएका थिए।

सम्बन्धित् समाचार