गृहपृष्ठ Featured १२१.५३ रुपैयाँ पुग्यो डलरको भाउ

१२१.५३ रुपैयाँ पुग्यो डलरको भाउ

प्रकाशित मिति:

काठमाडौँ : राष्ट्र बैंकले शनिबारका लागि एक अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १ सय २१ रुपैयाँ ५३ पैसा तोकेको छ । गत बिहीबारको तुलनामा यो ०.५ पैसाले बढी हो । बिहीबार राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २१ रुपैयाँ ३ पैसा तोकेको थियो । यसअघि २०७६ चैतमा अमेरिकी डलरको विनियम दर सबैभन्दा धेरै १ सय २१ रुपैयाँ ६९ पैसा रहेको थियो ।

पछिल्ला केही दिनयता अमेरिकी डलरको भाउ निरन्तर बढीरहेको छ भने नेपाली मुद्रा कमजोर बन्दै आएको छ । विश्वबजारमा डलरको माग बढेसँगै त्यसको भाउ पनि बढ्न थालेको बताइएको छ । गत असोज २७ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २१ रुपैयाँ १२ पैसा थियो । त्यसपछि डलरको भाउ केही घटेको थियो ।

गत कात्तिक २५ मा एक अमेरिकी डलरको भाउ १ सय १८ रुपैयाँ ७३ पैसा कायम भएको थियो । त्यसयता भने डलरको भाउ लगातार उकालो लागिरहेको छ । सोही क्रममा शनिबारका लागि एक अमेरिकी डलरको खरिद दर १ सय २० रुपैयाँ ९३ पैसा र बिक्री दर १ सय २१ रुपैयाँ ५३ पैसा पुगेको हो ।

केही दिन यता विश्व बजारमै डलरको माग बढी रहेको छ । नेपालमा विश्वबजारका कारणभन्दा पनि भारतीय मुद्रा कमजोर भएकाले नेपाली मुद्राको भाउ पनि अवमूल्यन भएको हो । नेरु र भारुबीच स्थिर विनिमय दर छ । यससँगै कूल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले पनि भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले भएको यही हो ।

शनिबार एक अमेरिकी डलरको विनिमय दर भारु ७५.७२ छ । गत मंगलबार यस्तो दर भारु ७५.४४ थियो । पछिल्लो एक महिनामा डलरसँगको तुलनामा भारु निरन्तर कमजोर बन्दै गएको तथ्यांकहरूले देखाएका छन् ।

सम्बन्धित् समाचार