गृहपृष्ठ Featured बाणगंगा- ७ मा एमाले परित्याग गरि दर्जनौं कार्यकर्ता कांग्रेसमा प्रवेश

बाणगंगा- ७ मा एमाले परित्याग गरि दर्जनौं कार्यकर्ता कांग्रेसमा प्रवेश

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.७ मा एमाले परित्याग गरि दर्जनौ कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसको आस्था तथा विचारलाई मन पराएर नेकपा एमाले परित्याग गरि सागर थारु, डोडे थारु जोकु थारु, नोखई थारु, सुजल आचार्य, जितराम थारु, नवराज गुङ्ग, बैरागी थारु, चिन्की थारु, सुवास थारु,प्रदेशनी थारु,पवित्रा थारु, सोमै थारु, लगायत पार्टीमा उन्न असी जना पार्टी प्रवेश गरेका हुन् ।

कांग्रेस वडा नं.७ मा ३१ जनाको कार्य समिति सदस्य बनाईएको छ । वडा कार्य समितीको दोस्रो बैठकमा,समितिको पुर्णता संगै सल्लाहकार चयन, तरुण दल गठन, महिला संघ गठन जस्ता महत्वपुर्ण काम गरिएको छ । नेपाल तरुण दलको वडा सभापतिमा तुल्सी पौडेल, उपाध्यक्षमा ओम विक,सचिव मोविन रेग्मी, सह सचिवमा, कृष्ण गौतम, कोषाध्यक्षमा राज के.सी, सदस्यमा अर्जुन वस्नेत दिनेस के.सी, कुशल चुदाली, शंकर नेपाली,रोशन बन्जाडे,छेदी थारु,डोडे थारु,गोर वहादुर पुन, संगम वुडा मगर,वावुराम न्यौपाने, गोविन्द गिरी, मिलन रेग्मी, नेत्र के.सी.रहनुभएको छ । यस्तै नेपाल महिला संघको वडा सभापतिमा राधा गैरे, उप सभापतिमा अस्मीता भट्टराई, सचिव राधिका बुडाथोकी सह सचिव दमकला पौडेल, कोषाध्क्ष लक्ष्मी गैरे, सदस्यमा श्याम माया राना, गौरी भट्टराई,लिला भट्टराई,कविता चुदाली उषा पाण्डे , वविता गुरुङ्ग ,सविता कक्ष्यपती, अञ्जु आचार्य, उमा खनाल, कमला नेपाली, पुनम गौतम रहनुभएको छ । यस्तै सल्लाहकारमा सुवेदार तेज वहादुर पछाई, शिवचन्द्र आचार्य ,दामोदर आचार्य, उदयमान कुवर, पिताम्बर पाण्डे,गंगा वहादुर कार्की, माधव प्रसाद खनाल, कृष्ण वेल्वासे, नारायण वेल्वासे, गिता पोख्रेल,खगेश्वर न्यौपाने, धर्म प्रसाद खनाल, ठागे प्रसाद थारु, इश्वरी प्रसाद पौडेल ,नारायण प्रसाद भट्टराई, रामु थारुलाई सल्लाहकार समितीमा चयन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका प्रदेश प्रतिनीधि यज्ञ प्रसाद भट्टराईले कांग्रेस पार्टीमा गुठको भावनाको सिर्जना नभई आफनो वडाको उमेद्धवारलाई जिताउनु पर्छ भन्ने खुला हृदयका साथ लागेकोमा नेपाली कांग्रेका वडाकार्य समितीलाई हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो ।

कार्यक्रम नेपाली कांग्रेस बाणगंगा नगरपालिका वडा नं. ७ कार्य समितीका सभापति शेषकान्त वेल्वासे अध्यक्षता, नेपाली कांग्रेसका प्रदेश प्रतिनीधि यज्ञ प्रसाद भट्टराईको प्रमुख आतिथ्यता, सल्लाहकार शिवचन्द्र आचार्यको विशिष्ट अतिथ्यता, निवर्तमा सभापति सुवेदार तेज वहादुर पछाई, क्षेत्रिय प्रतिनीधि प्रेम पौडेल, क्षेत्रिय प्रतिनीधी भक्ति शर्मा गुरु प्रेस युनियन नगर संयोजक गणेश पोख्रेलको आतिथ्यता सल्लाहकार गंगा बहादुर कार्की रहेको कार्यक्रममा उप– सभापति कुमार खड्काको स्वागत मन्तव्य, जन प्रिय टोलका सभापति महेश कुवरको मन्तव्य रहेको कार्यक्रमको सञ्चालन पार्टी सचिव पदम बञ्जाडेले गर्नु भएको थियो ।

सम्बन्धित् समाचार