गृहपृष्ठ Featured बाणगंगा -७ मा सेनेटरी प्याड निर्माण सम्बन्धि तीन दिने तालिम सुरु

बाणगंगा -७ मा सेनेटरी प्याड निर्माण सम्बन्धि तीन दिने तालिम सुरु

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.७ मा सेनेटरी प्याड निर्माण सम्बन्धि तालिम सुरु भएको छ । ३ दिन सम्म चल्ने तालिम बाणगंगा नगरपालिका वडा नं.७ र निरागृहिणी समाजको आयोजानामा पहिलो पटक सुरु भएको हो । कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका वडा नं.७ का वडाध्यक्ष विष्णु गिरीले कपडाबाट निर्माण गरिने तालिमले महिलाहरुको जीवन निर्वाह गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । वडाध्यक्ष गिरीले वडाले महिला लक्षित कार्यक्रममा महिलाको जीवन स्तर उकास्नका लागी विगतदेखि नै कार्यक्रमहरु संचालन गर्दै आएको र आगामी दिनमा पनि विभिन्न निकायसंग सहकार्य गर्दै यस्ता कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल स्वयम सेवक संघका केन्द्रिय अध्यक्ष खेमराज पौडेलले स्वागत मन्तव्य राख्दै नेपाल स्वयम सेवक संघ पनि राष्ट्रिय तथा अन्तरराष्ट्रिय रुपमा सामाजिक रुपान्तरणको लागी विगत २ बर्षदेखि जनभावना अनुसार काम गर्दै आएको बताउनुभयो । अध्यक्ष पौडेलले सोही अभियान अनुसार महिलालाई स्वावलम्बन बनाउनका लागी यस तालिम आयोजना गरिएको बताउनुभयो ।

तालिमकी प्रशिक्षक समेत रहेकी निरागृहिणी समाजकी अध्यक्ष निरा तिम्सिनाले महिलाहरुलाई स्वावलम्बी बनाउने उद्देश्यले महिला लक्षित सेनेटरी प्याड कार्यक्रम गरिएको र यसले प्रदुषण समेत कम गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा वडा सचिव कृष्ण प्रसाद खनाल, वडा सदस्यहरु सावित्रा थारु, मुम बहादुर पाण्डे, कमला वि.क., टोल विकास समितिका अध्यक्षहरु, कपिलवस्तु संचारिका समूहकी महासचिव शारदा के.सी लगायतको उपस्थित रहेको थियो । तालिममा ३० जना महिलाहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार