गृहपृष्ठ Featured माओवादीको लुम्बिनी प्रदेश अध्यक्षमा शर्मा र पुनले छाडेनन् दाबी

माओवादीको लुम्बिनी प्रदेश अध्यक्षमा शर्मा र पुनले छाडेनन् दाबी

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को लुम्बिनी प्रदेश अध्यक्षमा हेमराज शर्मा ‘डाइमन’ र दीपेन्द्र पुन ‘सिजल’ दुवैले दाबी छाड्न अस्वीकार गरेका छन्। दुवैले प्रदेश अध्यक्ष छोड्न नमानेपछि सर्वसम्मत हुन नसकेको सम्मेलनमा सहभागी एक नेताले बताए।

शर्मा र पुन दुवै पार्टी केन्द्रीय सदस्य भए पनि प्रदेश अध्यक्ष बन्न केन्द्रीय सदस्य छाड्न तयार भएका छन्। रोल्पा निवासी पुनले तत्कालीन माओवादीले सञ्‍चालन गरेको द्वद्वकालमा हात गुमाएका थिए। उनी लुम्बिनी प्रदेश सभा सदस्य हुन्।

यता शर्मा दाङ निवासी नेता हुन्। उनी पार्टीमा कम अवसर पाउने नेतामा पर्छन्। दुवैले प्रदेश अध्यक्ष छाड्न नमानेपछि सर्वसम्मत नेतृत्व चयन हुन सम्भावना नदेखिएको एक नेताले बताए।
यदि पुन र शर्मा दुवैले अध्यक्ष पद छोड्न नमानेमा सुदर्शन बराल अध्यक्ष हुनसक्ने बताइएको छ। दुई जनाको विकल्पमा बराल अध्यक्षमा सर्वसम्मत आउनसक्ने उत्तिकै सम्भावना रहेको नेताहरुले बताएका हुन्।

यसअघि प्रदेश अध्यक्षमा तेजबहादुर ओलीले दाबी गरे पनि उनले छोडेका छन्। आज सर्वसम्मत रुपमा अध्यक्ष चयन नभए सोमबार निर्वाचनबाट चुनिने सहभागीहरुले बताएका छन्। यसअघि प्रदेश अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रसाद शर्मा थिए। दुवै केन्द्रीय सदस्यमा बस्ने भएपछि प्रदेशमा बस्न अस्वीकार गरेका हुन्।

सम्बन्धित् समाचार