गृहपृष्ठ Featured गोलरहित बराबरीमा रोकिए थ्री स्टार र एपीएफ : एपीएफलाई लिगमा पहिलो अंक 

गोलरहित बराबरीमा रोकिए थ्री स्टार र एपीएफ : एपीएफलाई लिगमा पहिलो अंक 

प्रकाशित मिति:

काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा विभागीय टोली एपीएफ र थ्री स्टार क्लब बराबरीमा रोकिएको छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा एपीएफ र थ्री स्टार गोलरहित बराबरीमा रोकिएका हुन्।

यसअघिका तीनवटै खेलमा पराजय ब्यहोरेको एपीएफ सुरुबाटै आक्रमणको मुडमा देखिएको थियो। थ्री स्टारका गोलकिपर प्रिसोले यसबीचमा केही उत्कृष्ट बचाउ गरेका थिए। यता थ्री स्टारले केही अवसरहरु बनाए पनि फिनिसिङ कमजोर देखिएको थियो।

योसँगै एपीएफले लिगमा चौथो खेलमा आइपुग्दा पहिलो अंक जोड्दै तालिकाको १३ औं स्थानमा उक्लिएको छ। यता उपाधि हत्याउने लक्ष्य राखेको थ्री स्टारलाई भने अर्को धक्का लागेको छ। ४ खेलबाट १ जित, २ बराबरी र १ पराजय ब्यहोरेको थ्री स्टार ५ अंक जोड्दै तालिकाको पाँचौं स्थानमा छ।

सम्बन्धित् समाचार