काठमाडौँ : सहिद स्मारक ए डिभिजन लिग २०७८ को सोमबार भएको खेलमा संकटा क्लबले नेपाल पुलिसलाई १-० को अन्तरले पराजित गरेको छ।
दशरथ रङ्गशाला भएको खेलमा संकटाका लागि निरज बस्नेतले १८औं मिनेटमा निर्णायक गोल गरे। लक्ष्मण रुमालको कर्नरमा निरजले डाइभिङ हेडबाट गोल गरेका हुन् । लगातारको आक्रमणपछि संकटाले अग्रता लिएको हो ।
अहिले चलिरहेको लिगको समग्रमा यो ५०औं गोल हो । निरजको भने यो व्यक्तिगत तेस्रो गोल हो । यस जितपछि संकटाको आठ अंक भएको छ । पुलिस भने ५ अंकमै सीमित रह्यो । पुलिसको यो पहिलो हार हो । यससँगै पुलिसको अपराजित यात्रा टुंगिएको छ।








