वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.२ का ५१ जना वृद्धवृद्धालाई ज्याकेट र न्यानो सल बितरण गरिएको छ । आज(सोमबार) विसनपुरा टोल बिकास संस्था र नव जागृति टोल विकास सस्थाका २१ जना आमाहरु र ३० जना बुवाहरुलाई ज्याकेट र न्यानो सल बितरण गरिएकोे वडा नं. २ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो । भोलि (मंगलबार) राजपुरमा ज्याकेट र न्यानो सल बितरण गर्ने कार्यक्रम रहेको र वडाभित्रका चार सय बढी वृद्धवृद्धालाई वितरण गर्ने तयारी रहेको वडाध्यक्ष पौडलले बताउनुभयो ।
चिसो बढ्न लागेको र यस मौसममा सबै भन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित हुने भन्दै ‘ज्याकेट’ र न्यानो ‘सल’ वितरण गरिएको वडा अध्यक्ष पौडेलले बताउनुभयो । वडाले विगतका वर्षहरुमापनि जेष्ठ नागरिकको सम्मानका लागि विशेष कार्यक्रम गरेको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
जेष्ठ नागरिकलाई घरपरिवारको माया, साथ सहयोगको आवश्यक पर्ने भन्दै उनिहरुलाई हेयको दृष्टी नहेरी माया र स्नेह दिन आग्रह गर्नुभयो ।








