गृहपृष्ठ Featured कपिलधाममा १० शैय्याको प्राकृतिक चिकित्सा भवनको शिलान्यास

कपिलधाममा १० शैय्याको प्राकृतिक चिकित्सा भवनको शिलान्यास

कपिलवस्तु, २७ मंसिर : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.७ मा रहेको धार्मिक तथा पर्यटकिय स्थल कपिल आरोग्य मन्दिर कपिलधाममा प्राकृतिक चिकित्सा भवनको शिलन्यास गरिएको छ । उक्त कपिल स्वास्थ सेवा केन्द्र प्राकृतिक चिकित्सा पद्धति संचालन गर्न २२ लाखको लागतमा १० शैयाको प्राकृतिक चिकित्सा भवनको शिलन्यास गरिएको हो ।

गुरुकुलमा रहेका बटुकद्वारा स्वस्ती बाचनका साथ भुमी पुजन कार्यक्रमका प्रमुख अतिथि तथा वडा नं. ९ का वडाध्यक्ष ध्रुब बेल्बासे, समाजसेवी शिवचन्द्र आचार्य प्राकृतिक चिकित्साका अध्यक्ष आत्माराम आचार्यले सो प्राकृतिक चिकित्सा भवनको संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।

कार्यक्रममा बोल्दै योग शिक्षक पुनाराम गिरि,प्राकृतिक चिकित्सालयका अध्यक्ष आत्माराम आचार्य मोतिपुर आयुर्वेद औषधालयका प्रमुख तेज बहादुर सोमै ,वडाध्यक्ष धुर्ब बेल्बासे लगायतले प्राकृतिक चिकित्सा अस्पतालले कपिलधामको गरिमा बढेको र मानिसलाई स्वास्थ रहन यश प्राकृतिक चिकित्सा पद्धतिले थप टेवा पुग्ने कुरा बताएका थिए ।

सम्बन्धित् समाचार