गृहपृष्ठ Featured कल्याण गुरुङको पनि देउवालाई समर्थन गर्ने

कल्याण गुरुङको पनि देउवालाई समर्थन गर्ने

प्रकाशित मिति:

काठमाडौं : नेपाली कांग्रेस सभापतिको दोस्रो चरणको मतदानमा कांग्रेस नेता कल्याण गुरुङले पनि शेरबहादुर देउवालाई समर्थन गर्नुहुने भएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सोमबार सभापतिका लागि भएको मदानमा उम्मेदवार बनेका कसैले पनि बहुमत नल्याएपछि दोस्रो चरणमा गुरुङले देउवालाई सघाउने हुनुभएको हो ।

सभापतिमा उम्मेदवारी दिएका देउवा, विमलेन्द्र निधि, डा। शेखर कोइराला, प्रकाशमान सिंह र गुरुङ कसैले पनि पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन सकेनन् ।

कल्याण गुरुङले कांग्रेस सभापति निर्वाचनको पहिलो चरणमा २२ मत पाउनु भएको थियो । यस अघि प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि सभापतिमा देउवालाई समर्थन गर्ने निर्णय गरेको थियो ।

अब डा। कोइरालाबाहेक सभापतिका सबै उम्मेदवार देउवासँग उभिनु भएको छ ।

सम्बन्धित् समाचार