गृहपृष्ठ Featured रोहित शर्माले दक्षिण अफ्रिकाविरूद्धको टेस्ट सिरिज गुमाउने

रोहित शर्माले दक्षिण अफ्रिकाविरूद्धको टेस्ट सिरिज गुमाउने

रोहित शर्माले दक्षिण अफ्रिकाविरूद्धको टेस्ट सिरिज गुमाउने भएका छन् । बायाँ हामस्ट्रिङका कारण उनले टेस्ट गुमाउन लागेका हुन् । उनको स्थानमा गुजरातका ओपनर प्रियंक पांचाललाई टिममा बोलाइएको छ । रोहित अभ्यासका क्रममा घाइते भएका थिए । हाल भारतीय टिम मुम्बईमा क्वारेन्टिनमा छ ।

भारतीय टिम यही साता दक्षिण अफ्रिका जाँदैछ । पछिल्लो १२ महिनामा रोहितले चोटका कारण दोस्रो मुख्य सिरिज गुमाउन लागेका हुन् । चोटका कारण रोहितले यसअघि अस्ट्रेलियाविरूद्धको सुरुवाती दुई टेस्ट गुमाएका थिए ।

यता दक्षिण अफ्रिकाका क्वान्टन डि ककले पनि भारतविरूद्धको टेस्ट गुमाउने भएका छन् । पहिलो सन्ताका पिता बन्नुअघि उनले राष्ट्रिय टिमबाट बिदा लिएका छन् । दक्षिण अफ्रिका र भारतबीच तीन खेलको टेस्ट सिरिज हुँदैछ। पहिलो टेस्ट २६ डिसेम्बरमा सुरू हुनेछ ।

सम्बन्धित् समाचार