गृहपृष्ठ Featured पछिल्लो २४ घण्टामा थप २८० जनामा संक्रमण : ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप २८० जनामा संक्रमण : ६ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा २८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९,२१२ जनाको पीसीरआर परीक्षणमा २५२ जना र २,७८२ एन्टिजेन परीक्षणमा २८ जना गरी २८० जनमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३०० रहेको छ भने ६ जनाको मृत्यु भएको छ ।

हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५६३५ रहेको छ । पछिल्लो २४ घण्टामा फेला परेका संक्रमितमध्ये ११८ जना काठमाडौं उपत्यकाका रहेका छन् ।

सम्बन्धित् समाचार