गृहपृष्ठ Featured लुम्बिनी बचत तथा ऋण सहकारीको १६ औं बार्षिक साधारण सभा तथा सातौ अधिवेशन सम्पन्न

लुम्बिनी बचत तथा ऋण सहकारीको १६ औं बार्षिक साधारण सभा तथा सातौ अधिवेशन सम्पन्न

कपिलवस्तु  : गरिब तथा विपन्न परिवारलाई लक्षित गरी सहकारी संस्था मार्फत स्थानीय समुदायलाई आर्थिक रुपमा सवल बनाउने खालका कार्यक्रम लागु गर्न सहकारीकर्मीले जोड दिएका छन् । कपिलवस्तुको बुद्धभुमी नगरपालीका २ गोरुसिँगेमा रहेको लुम्बिनी बचत तथा ऋण सहकारी संस्थाको १६ औं बार्षिक साधारण सभा तथा सातौ अधिवेशनका सहभागीहरुले यस्तो कुरामा जोड दिएका हुन् ।

उनीहरुले छरिएको पुँजीलाई एकिकृत गरी बैदेशीक रोजगारीमा भन्दा स्थानीय कृषि उत्पादनमा सहकारीको लगानी विस्तार गरी गरिव तथा विपन्न समुदायको आयआर्जनमा बृद्धि गर्ने खालका कार्यक्रममा लगानी गर्न सुझाव दिएका छन् । २०६४ सालमा स्थापना भएको लुम्बिनी सहकारी सँस्थाका ७ सय २९ जना शेयर सदस्य रहेका छन्भने कुलपुँजी ७ करोडको हाराहारीमा छ । बर्तमान समयमा नयाँ प्रविधिको विकास भएकाले सोको प्रयोग बढाउँदै स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्नुपर्ने औल्याएका छन् ।

संस्थाका अध्यक्ष दिनेश बन्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धभुमी नगरपालीका सहकारी विभाग प्रमुख विजय भुसाल, वडा नम्वर २ का अध्यक्ष भेषराज खनाल, समाजसेवी विष्णुहरि शर्मा, नारायण भुसाल, कृष्ण भट्राई, निल कुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

सातौ अधिवेशनले आगामी ४ वर्षका लागी हिमलाल बेल्वासेको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

सम्बन्धित् समाचार