गृहपृष्ठ Featured रुपन्देहीको मायादेवी गाउँपालिकामा अवैध काठ बरामद

रुपन्देहीको मायादेवी गाउँपालिकामा अवैध काठ बरामद

प्रकाशित मिति:

बुटवल : रुपन्देहीको मायादेवी गाउँपालिकामा अवैध काठ बरामद भएको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीको टोलीले मायादेवी–४ बाट ८० हजार मूल्य बराबरको मिल जातको काठ बरामद गरेको हो ।

लु २ त १९०१ नम्बरको ट्याक्टरमा ल्याउँदै गरेको अवस्थामा २० था गुलीया ३५ क्यूफिट बराबरको बरामद गरीएको प्रहरीले जनाएको छ ।

थप अनुसन्धानका लागि ट्याक्टरसहित बरामद काठलाई डिभिजन वन कार्यालय भैरहवा पठाइएको छ ।

सम्बन्धित् समाचार