गृहपृष्ठ Featured रुपन्देहीबाट लागुऔषधसहित २ जना पक्राउ

रुपन्देहीबाट लागुऔषधसहित २ जना पक्राउ

प्रकाशित मिति:

बुटवल : लागुऔषधसहित रुपन्देहीको देवदहबाट २ युवालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलको टोलीले देवदह–२ का २५ वर्षीय दुधनाथ यादव र नवलपरासी पाल्हिनन्दन गाउँपालिका–२ का २६ वर्षीय धनेश यादवलाई पक्राउ गरेको हो ।

भारतीय नम्बर प्लेट यूपी ५३ जेट ३५९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई खानतलासी गर्ने क्रममा उनीहरुको साथबाट फेनेरागन ५५ सीसी, नोफिन ५५ सीसी र डाइजेपाम ५५ सीसी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सम्बन्धित् समाचार