गृहपृष्ठ Featured घरेलु टोली अस्ट्रेलियाको इंग्ल्यान्डविरुद्ध गतिलो सुरूवात

घरेलु टोली अस्ट्रेलियाको इंग्ल्यान्डविरुद्ध गतिलो सुरूवात

प्रकाशित मिति:

काठमाडौं : घरेलु टोली अस्ट्रेलियाले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्टमा गतिलो सुरूवात गरेको छ। पाँच खेलको सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले राम्रो सुरुवात गरेको हो। एडिलेडमा जारी सिरिजको दोस्रो टेस्टको दोस्रो इनिङमा अस्ट्रेलिया पहिलो दिन २ विकेट गुमाएर २२१ रन बनाएर क्रिजमा रहेको छ।

टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको अस्ट्रेलियालका लागि डेभिड वार्नर र मार्नुस लाबुकुसेनले उत्कृष्ट प्रदर्शन गरेका छन्। ओपनर मार्कुस ह्यारिसलाई ३ रनमै गुमाए पनि अर्का ओपनर डेभिड वार्नर र मार्नुस लाबुकुसेनले उत्कृष्ट इनिङ खेल्दै टिमलाई राम्रो लय दिए।

वार्नर ९५ रनमा बेन स्टोक्सको बलमा ब्रोडद्वारा क्याचआउट हुँदा शतक बनाउनबाट पाँच रनले चुकेका थिए। अर्का खेलाडी मार्नुस भने ९५ रनमा अविजित छन्। उनलाई कप्तान स्टिव स्मिथले १८ रनमा अविजित साथ दिएका छन्।

इंग्ल्यान्डका लागि स्टुआर्ट बोर्ड र बेन स्टोक्सले समान १९१ विकेट लिएका छन्।पाँच खेलको टेस्ट सिरिजमा अस्ट्रेलियाले १(० को अग्रता बनाएको छ।

एसेसको पहिलो टेस्टमा जित निकालेको अस्ट्रेलिया इंग्ल्यान्डविरुद्ध लगातार दोस्रो जितको खोजिमा छ। इंग्ल्यान्ड भने पहिलो जितका लागि मैदानमा रहेको छ।

सम्बन्धित् समाचार